बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्चीको पानी दुई महिनापछि सुन्दरीजलमा

सोमबार, २२ असार २०७७, ०६ : २२
सोमबार, २२ असार २०७७

काठमाडौं – अबको दुई महिनापछि मेलम्ची खोलाको पानी सुन्दरीजलमा ल्याइने भएको छ । मेलम्ची खानोपानी आयोजना विकास समितिले अस्थायी ड्याममार्फत डाइभर्सन गरी सुरुङमा पानी पथान्तरणको काम सुरु गरेपछि दुई महिनामा सुन्दरीजलमा पानी आउने पक्का भएको हो ।

समितिका अनुसार आइतबार बिहान ९ बजेबाट सुरुङमा पानी पथान्तरणको काम सुरु भएको छ । हाललाई निर्माणाधीन हेडवक्र्सभन्दा सय मिटरमाथि अस्थायी ड्याम बनाएर डाइभर्सनमार्फत सुरुङमा पानी पठाइएको छ । पानी पथान्तरण गरी सुरुङ परीक्षणका लागि दुई महिना लाग्ने र त्यसपछि सुन्दरीजलमा निरन्तर पानी आउने खानेपानी मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सो अवसरमा खानेपानी मन्त्री बीना मगरले दुई महिनापछि उद्घाटनको मिति तय गर्ने बताएका छन् । उनले भने, “मेलम्चीसँगको लामो समयको प्रतीक्षा, निराशा र प्रश्नहरूको अन्त्य भएको छ, प्राविधिक रूपमा निक्कै कठिन काम सम्पन्न भएका छन्, बाधा अवरोध चिरेर निरन्तरको प्रयासले हामी सफल भएका हौँ । अब सरकार र नेतृत्वसँग छलफल गरेर उद्घाटनको मिति छिट्टै तोक्छौँ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप