शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेनासँग बाक्लियो प्रधानमन्त्री ओलीको भेटघाट

आइतबार, २१ असार २०७७, २३ : ४९
आइतबार, २१ असार २०७७

काठमाडौं । आफ्नो पार्टीभित्र आन्तारिक विवाद उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सेनासँगको सम्पर्क बढाएका छन् । पार्टीभित्र अल्पमतमा देखिएका प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच शनिबार र आइतबार दुई पटक भेट भएको जनाइएको छ । भेटका क्रममा के–के कुराकानी भयो भन्ने विषय भने बाहिर आएको छैन । ओली र थापाबीच दुई दिनको भेटवार्तामा निकै लामो कुराकानी भएको बताइएको छ ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट भएलगत्तै रक्षामन्त्री ईश्वर पोख्रेल र प्रधानसेनापति थापाबीच पनि छलफल भएको छ । रक्षामन्त्री पोखरेलसँग प्रधानसेनापति थापाले निकै लामो समय छलफल गरेका थिए ।    प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीलाई पार्टीको  आन्तारिक विवादमा मुछ्न खोजेको आरोप लगाउँदै आएका छन् ।  ओलीले आफ्नै पार्टीका शीर्ष नेताहरुले राष्ट्रपति र आफुविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाइरहेका बेला सेनासँग बाक्लो भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उनले पार्टीको आन्तारिक विवाद उत्कर्षमा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् । त्यस्तै आइतबारै प्रधानमन्त्री ओलीले बालुवाटारमा प्रधानमन्त्रीले रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुबास नेम्वाङ, मुख्यसचिव लोकदर्सन रेग्मी, पुष्पकमल दाहाल प्रचण्ड, जनार्दन शर्मा, प्रदेश-४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेललगायतसँग भेटघाट गरेका थिए। 

केही दिनअघि प्रधानमन्त्री ओलीले भारतको डिजाइनमा नेपालका केही नेताहरुको योजनामा आफुलाई सरकारको नेतृत्वबाट हटाउन खोजेको आरोप लगाएका थिए । ओलीले सो आरोप लगाएलगत्तै पार्टीभित्र विवाद चर्किएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप