
टेकु क्षेत्र वरिपरि एभरेष्ट बैंकद्वारा वृक्षारोपण

काठमाडौं– एभरेष्ट बैंकले वातावरण संरक्षणका लागि काठमाडौं महानगरपालिका वडा नं. १२ टेकु क्षेत्र वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं.१२ स्थित एभरेष्ट बैंकको कार्यालय र पीडीएसएस नेपालकोे समन्वयमा सम्पन्न भएको हो ।
एभरेष्ट बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । बैंक ‘सर्भिस विथ स्माइल’को नारा अन्तर्गत आफ्ना ग्राहकहरुको फाइदा र सन्तुष्टिको लागि पनि सधैँ तत्पर रहेको बताएको छ ।
वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका डी.जी.एम डा. सन्धीर कुमार र वडा नं. १२ का वडा अध्यक्ष.विकास डंगोलले संयुक्त रुपमा बैंकका अधिकारीहरुका साथै पीडीएसएस नेपालका टिमको उपस्थितिमा गरेका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ