शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगान सुरक्षाफौजको कारबाहीमा ७ तालिबानीको मृत्यु

आइतबार, २१ असार २०७७, १९ : ४९
आइतबार, २१ असार २०७७

काबुल । अफगान सेनाले मध्य उरुजगान प्रान्तमा गरेको सैन्य कारबाहीमा सात जना तालिबान लडाकूको मृत्यु भएको तथा अरु चार जना घाइते भएको जनाएको छ । 

सैनिक प्रवक्ता सदिक इस्साले उरुजगान प्रान्तको ट्रिनकोट जिल्लामा सैनिक पोस्टमा गएराति आक्रमण गरेपछि सेनाले प्रतिकार गर्दा तालिबान लडाकूकको मृत्यु भएको जानकारी दिनुभयो । तर यसबारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन । 

गएराति नै कान्दाहार प्रान्तमा तालिबान लडाकूले सैनिक जाँचचौकीमा आक्रमण गरेका र सेनाले गरेको प्रतिकारमा पाँच तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । 

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले शान्ति सम्झौतामा हस्ताक्षर गरे पनि तालिबान समूहले अफगान सुरक्षाफौज र सर्वसाधारणलाई लक्षित गरी आक्रमणहरु जारी राखेका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप