शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकले ५० को नयाँ नोट चलन चल्तीमा ल्याउने

आइतबार, २१ असार २०७७, १९ : १९
आइतबार, २१ असार २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । 
 
केन्द्रीय बैंकका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ । नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप