पार्टी भित्रका भ्रष्टलाई कारबाहीको माग गर्दै सानेपामा नेविसंघको प्रदर्शन
आइतबार, २१ असार २०७७, १८ : ५६
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी भित्रका भ्रष्टलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको छ ।
नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै आइतबार केन्द्रीय कार्यालय सानेपा पुगेका विद्यार्थी नेताहरुले पार्टी भित्र भ्रष्टाचार बढेको भन्दै छानविन गरी कारबाही गर्न माग गरेका हुन् ।
विद्यार्थी नेताहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरुले पार्टी भित्रको भ्रष्टाचार छानबिन गर्न र भ्रष्ट नेतालाई कारबाही गर्न माग गर्दै नारा समेत लगाए । नेविसंघको वर्तमान कार्यसमितिको कार्याकाल २६ दिन मात्रै बाँकी रहेको भन्दै तत्काल पूर्णता दिई महाधिवेशन उन्मुख गराउन माग गर्दै नेविसंघका कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा विद्यार्थी नेताहरु सानेपा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी