बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सीले मताएर काठमाडौँमा युवती बलात्कार, कपनमा पनि किशोरी बलात्कृत

आइतबार, २१ असार २०७७, १८ : ०४
आइतबार, २१ असार २०७७

काठमाडौं । उपत्यकाको कपनमा १४ वर्षीया किशोरी र माकलबारीमा अन्दाजी ३० वर्षीया युवतीमाथि बलात्कार भएको छ । प्रहरीका अनुसार यी दुवै घटना गएराति भएका हुन् । 

१४ वर्षीया किशोरीलाई ललाईफकाई बलात्कार गरेको आरोपमा भैरहवा घर भई कपन बस्ने ४० वर्षीय देशबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

गुरुङले ती किशोरीलाई प्रलोभनमा पारेर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ । ती किशोरीले आइतबार बिहान बौद्ध प्रहरीमा जाहेरी दिएपछि गुरुङ पक्राउ परेका हुन् । 

यस्तै माकलबारी घटनामा पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भएका भुवन बिष्ट र दोलखा घर भएका पासाङ शेर्पा पक्राउ परेका हुन् । 

गएराति युवतीसँगै उनीहरुले रक्सी खाएका थिए । रक्सीले आफूलाई झ्याप बनाएपछि उनीहरुले बलात्कार गरेको ती पीडित युवतीले प्रहरीसमक्ष बयान दिएकी छन् । 

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकलाई हेर्ने हो भने लकडाउनको समयमा नेपालमा बलात्कारको ग्राफ बढ्दो छ । 

बलात्कार मात्र नभएर चोरी, हत्या र आत्महत्या जस्ता घटनाहरु पनि बढेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवाली बताउँछन् । 

चैत ११ देखि असार २० गतेसम्ममा बलात्कारका ३ सयभन्दा बढी मुद्धा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता निरज शाहीले बताए ।

यो संख्या लकडाउन अघिका दिनकै हाराहारी हो । अर्थात लकडाउनको अवधिमा पनि बलात्कारका घटना घटेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप