बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२९३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

आइतबार, २१ असार २०७७, १६ : २६
आइतबार, २१ असार २०७७

काठमाडौं । नेपालमा थप २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले आइतबार नियमित प्रेस व्रिफिङमा नयाँ संक्रमितबारे जानकारी गराएका हुन् । 

नेपालका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका छन् । विगत २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म ६ हजार ५४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका छन् । देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप