केन्द्रीय संस्करण

ब्राजिलमा मास्क अनिवार्य नगरिने

person explore access_timeअसार २१, २०७७ chat_bubble_outline0

एजेन्सी । ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनुपर्ने निमयको कार्यान्वयनमा कडाई नगरिने भएको छ ।  राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन् ।

यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई राष्ट्रपति बोल्सोनारोले आफ्नो अधिकार प्रयोग गरेर खुकुलो बनाएको अल जजिराले जनाएको छ । चर्च, पसललगायतका ठाउँमा जाँदा वा रहदाँ मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले जारी गरेको नयाँ निर्देशिकामा लेखिएको छ, ‘व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, शैक्षिक क्षेत्र र मानिसको भिडभाड हुने क्षेत्रमा जादा वा रहदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था हटाइएको छ ।’

उनले सार्वजनिक ठाउँमा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था संविधान विपरित भएको समेत उल्लेख गरेका छन् ।  राष्ट्रपतिको पछिल्लो निर्णयसँगै यस अघि हरेक सार्वजनिक क्षेत्रमा सम्वन्धित अधिकारीहरुले मास्क उपलब्ध गराउनु पर्ने, कामदार, कर्मचारी, ग्राहकलगायतलाई उनीहरुको सम्वन्धित कार्यालय तथा सेवा प्रदायकले मास्क उपलब्ध गराउनु पर्ने व्यवस्था स्वतः हटेको छ । 

ब्राजिलमा आइतबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या १५ लाखभन्दा बढी पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३८ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । 

त्यसैगरी ब्राजिलमा एकै दिनमा झण्डै एक हजार जनाको कोरोनाभाइरसका कारण मृत्यु हुने गरेको छ ।  पछिल्लो २४ घण्टामा सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार ९२३ रहेको र मृत्यु भएकाहरुको सङ्ख्या एक हजार ९१ रहेको जनाइएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.