शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चोरी भएका २० वटा मोटरसाइलक फेला पारी प्रहरीले सम्बन्धितलाई बुझायो

आइतबार, २१ असार २०७७, १५ : ४३
आइतबार, २१ असार २०७७

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ । 

प्रहरीले विभिन्न स्थानबाट चोरी भई फेला परेका २० थान मोटरसाइकल तथा स्कुटरहरु आइतबार पत्रकार सम्मेलन गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । वरिष्ठ प्रहरी उपरीक्षक एवं महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले मोटरसाइकल तथा स्कुटर चोरी भएको उजुरी परेको आधारमा विभिन्न समयमा चेकजाँचको क्रममा र केही स्थानमा बेबारिसे अवस्थामा रहेको अवस्थामा फेला परेको बताए । उनले ती मोटरसाइकल तथा स्कुटरहरुको धनी खोजतलास गर्दा चोरी भएको पाइएको बताए । 
उनले यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित धनी पत्ता लगाई आज (आइतबार) हस्तान्तरण गरिएको बताए । चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताए । 

लकडाउनको अवस्थामा पनि विभिन्न ठाउँमा चेकजाँच हुँदा कागजपत्र प्राप्त नभई छोडेर गएका मोटरसाइकलहरु चोरी भएको पाइएको ज्ञवालीले बताए । उनले काठमाडौं उपत्यकामा चक्रपथ भन्दा बहिरको क्षेत्र र सार्वजनिक पार्किङबाट मोटरसाइकल चोरी भएको तथा हराएको उजुरी सबैभन्दा धेरै परेको जानकारी समेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप