चन्द्रागिरी हिल्सको १८ करोडको आइपीओ आउँदै
आइतबार, २१ असार २०७७, १५ : ३३
काठमाडौं– चन्द्रागिरी हिल्सको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आइपीओ आउने भएको छ ।
चन्द्रागिरी हिल्सले उक्त शेयर निस्कासन एवं प्रत्याभुतिका लागि नागरिक लगानी कोषसँग संझौता गरेको छ ।
आइतबार सम्झौतामा नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेड बीच स्थानिय बासिन्दा एवं सर्वसाधारणमा शेयर निस्कासन एवं प्रत्याभुति नियुक्ती गर्ने भनिएको छ ।
चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो ।
उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी