शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कालीकोटमा पहिरोमा पुरिएर महिलाको मृत्यु

आइतबार, २१ असार २०७७, १३ : ४५
आइतबार, २१ असार २०७७

कालिकोट । नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो ।
भैँसी गोठाला गएका बटालाको पहिरामा पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए ।

‘भैँसी गोठबाट पानी लिन जाँदा बीच बाटामा पहिरो खसेर महिलालाई बगाएको हो’, उनले भने– ‘उहाँको घटनास्थलमै मृत्यु भयो ।  प्रहरीचौकी कुमालगाउँबाट घटनास्थलमा प्रहरीको टोली पठाएर  बटालाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।’

यस्तै शनिबार आएको पहिराले नरहरिनाथ गाउँपालिका–७ को वडा कार्यालयमा पनि क्षति पुगेको छ । प्रनाउ ओलियाका अनुसार माल्कोटमा रहेको छकोठे वडा कार्यालयको भवन पहिराबाट पुरिएको छ । भाडामा रहेको वडा कार्यालयका साथ वडा कार्यालयमा भएका जिन्सी सामान पनि पुरिएको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप