शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

आइतबार, २१ असार २०७७, १३ : २२
आइतबार, २१ असार २०७७

बुटवल । रुपन्देहीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले रुपन्देही तिलोत्तमा नगरपालिका–१४ बागधुरा बस्ने २५ वर्षीय बलिराम चौधरीको क्रिमसन अस्पताल मणिग्राम उपचारको मृत्यु भएको बताए ।

रुपन्देही तिलोत्तमा नगरपालिका–१४ टिकुलीगढस्थित भित्री सडक खण्डमा लु ५९ प ४७२३ नम्बरको मोटरसाइकल र लु ३ प ७६२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको खत्रीले बताए । 

घटनामा सोही ठाउँका २१ वर्षीय बलकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । यस्तै २६ वर्षीय गोविन्द चौधरी, २२ वर्षीय सुदिप चौधरीको पनि मेडिकल कलेज भैरहवा उपचार भइरहेको छ । 

दुवै मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप