मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर कोरोना संक्रमण बढ्यो, थप सतर्कता अप्नाउने समय अब आयो

आइतबार, २१ असार २०७७, १२ : ४८
आइतबार, २१ असार २०७७

काठमाडौं । पछिल्ला हरेक दिनमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहँदा पनि आम नागरिकमा यसको डर हराउँदै गएको छ ।  गत माघ महिनामा नेपालमा एकजना पुरुषमा  कोरोना सङ्क्रमित देखाप¥यो ।  उनी उपचारपछि घर फर्केको दुई महिनापछि चैत ९ गते अर्को एक युवतीमा सङ्क्रमण देखाप¥यो । सङ्क्रमण देखापरेपछि गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी ग¥यो ।  कहिलेकाहीँ फाट्फुट सङ्क्रमित देखापरे पनि सङ्क्रमितको सङ्ख्या एक सय पुग्न निकै समय लागेको थियो ।  तर अहिले सङ्क्रमित हरेक दिन बढेका छन् । बजारको चहलपल हेर्दा लाग्छ नागरिकमा यसको खासै डर भएको देखिदैन ।   

झण्डै तीन महिनापछि यही असार १ गतेदेखि सरकारले नै आर्थिक गतिविधिलाई चलायमान बनाउने भन्दै बन्दाबन्दीलाई खुकुलो बनायो ।  सरकारले सङ्क्रणको जोखिम कायम रहेको भन्दै सतर्कता अपनाउँदै सावधानीपूर्वक काम गर्न भने पनि यस किसिमको अभ्यास देखिँदैन । निर्बाध रुपमा नागरिक हिँड्डुल गर्न र सोही अनरुप दैनिकी चलाइराखेको देखिन्छ । यसरी नागरिकमा यस किसिमको अभ्यास  रहँदा काठमाडौँ उपत्यकामा दुई सय सङ्क्रमित देखापरिसकेका छन् । हालसम्म १५ हजार ४ सय ९१ कोरोना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ । 

सङ्क्रमितमध्ये हालसम्म ६ हजार ४ सय १५ जना निको भएर घर फर्केका छन् ।  ३४ को मृत्यु भइसकोको छ ।  दैनिक रुपमा थप फैलँदै गएको कोरोनाबाट थप सतकर्ता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । अहिले सङ्क्रमण बढिरहेका कारण जोखिम बढी भएको र सतर्कता नदेखिएको सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाको भनाइ छ । उनले भने– ‘थप सतर्कता अपनाउने समय अब आएको छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप