शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लिभोन ‘सिल्की हेयर एण्ड स्मुथ राइड’ अफर, निशा सुनुवारले जितिन् यामाहा फेसिनो बाइक

आइतबार, २१ असार २०७७, १२ : ३७
आइतबार, २१ असार २०७७

काठमाडौं– लिभोनले संचालन गरेको ‘सिल्की हेयर एण्ड स्मुथ राइड’ अफर अन्तर्गत कुपन नं ३३४० कपन निबासी निशा सुनुवारले यामाहा फेसिनो बाइक जित्न सफल भएकी छिन् । त्यसैगरी, अन्य १५ जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सफल भएका छन् ।

भाटभटेनीले लिभोनको साथमा मिलेर ‘सिल्की हेयर एण्ड स्मुथ राइड’ उपभोक्ता योजना संचालन गर्दै आएको थियो जसअन्तर्गतको भाग्यशाली विजेताको नाम आज घोषणा गरिएको हो । यस योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ ।

आज आयोजित विजेता घोषणा कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरु माझ मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी हुन् । 

बिगतमा मेरिकोको उक स्थापित ब्राण्ड लिभोनले केश स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल भएको कम्पनीको दावी छ । यसले प्रि–वास (क्रिमआयल), इन–वास (स्याम्पु, कन्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराएको छ ।

लिभोन स्याम्पु र कन्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजर राखेर तयार पारिएका छन् । सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु अब नेपालभर अन्य उत्पादनहरु ीक्रम आयल र सिरमसँगसँगै अत्यन्त सुलभ मूल्यमा उपलब्ध भैसेकका छन् ।

यो उपभोक्ता योजना आगामी ३ महिनासम्म जारी रहनेछ । लिभोन र भाटभटेनी दुवै संस्थाले बाँकी अवधिमा प्रतियोगिता संचालनको दौरान सुरक्षाका सबै मापदण्डहरु अबलम्बन गरिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो । ती युवतीहरु जो स्वाबलम्वी, महत्वाकांक्षी र स्टाइल–प्रेमी छन् । सल्फेट र पाराबेन रहित स्याम्पु र कन्डिसनरहरुका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै एक भिन्नै अग्र स्थान ओगट्न सफल भएको छ । लिभोनका नयाँ केश स्याहार उत्पादनहरु आफ्ना उपभोक्ताहरुलाई ‘गुड हेयर डे, एभ्री डे’  प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको दावी छ ।
 
 
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप