मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सडक मर्मतको माग गर्दै स्थानीयद्वारा प्रदर्शन

आइतबार, २१ असार २०७७, १२ : ३५
आइतबार, २१ असार २०७७

जनकपुर । सडक मर्मत तथा निर्माणको माग गर्दै जनकपुरमा स्थानीयवासीले सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । वर्षातको समय अघिदेखि नै विभिन्न पटक जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा ज्ञापनपत्रसहित प्रतिनिधिमण्डल जाँदासमेत सुनुवाइ नगरी सडक मर्मत नगरेको भन्दै स्थानीयवासीले सडक जाम गरी प्र्रदर्शन गरेका हुन् ।

आइतबार जनकपुरधाम उपमहानगर वडा नम्बर–१६ स्थित पुल चोक जाने बाटोमा स्थानीय युवा र व्यापारीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गरेका हुन् ।

धनुषाको पूर्वी क्षेत्र औरही, सबैला, यदुकुहा, तिनकौरिया लगायत हुलाकी राजमार्ग जोड्ने क्षेत्रको सडक वर्षौँदेखि नबनाएको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् । यस सडकको अवस्था दयनीय रहेको र हल्का वर्षामा पनि करिब ४ फिटसम्म सडकमै पानी जम्ने गरेकोले आवातजावतमा पूर्ण अवरोध तथा समस्याहरु झेल्दै आइरहेको भन्दै स्थानीय ३० वर्षीय राजीव साहले बाध्यतावश सडक जाम गर्नुपरेको बताए ।

उनले जनकपुरधाम वडा नम्बर १६ देखि १९ को सिमाना जोड्ने सडकको रुपमा समेत रहेकाले सडक मर्मत तथा सम्भार नहुँदा दैनिक दुर्घटना हुने गरेको बताए ।

उनले भने, ‘विभिन्न पटक आफूहरुले सडक निर्माणका लागि सडक जाम गर्दै ज्ञपान पत्र समेत बुझायौँ र उपमहानगरमा डेलिगेसन समेत गयौँ, तर अहिलेसम्म पनि बाटो बनाउनका लागि उपमहानगरले तदारुकता देखाएन ।’

जनकपुरधाम उपमहानगर वडा नम्बर –६ का वडा अध्यक्ष रामअशीष पजियारले उक्त सडक हुलाकी सडकखण्ड अन्तर्गत परेकाले निर्माण कार्यमा जनकपुरधाम उपमहानगरलाई समस्या परेको र यो सडक उपमहानगरले बनाउन नसक्ने स्पष्ट पारे । उनले सडक निर्माणका लागि आफुले सक्दो पहल गर्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप