शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नागरिक लगानी कोषको २५औं साधारण सभा सम्पन्न, १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित

आइतबार, २१ असार २०७७, ११ : ५९
आइतबार, २१ असार २०७७

काठमाडौं– नागरिक लगानी कोषको २५औं साधारण सभा कोषको नवनिर्मित भवनमा शनिबार सम्पन्न भएको छ । साधारण सभाले २२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले बोनस शेयर पछि कायम हुने चुक्ता पुँजीमा १ बराबर ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर दिने प्रस्तावलाई पनि पास गरेको छ । 

सभालाई सम्वोधन गर्दे कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले कोषको आर्थिक वर्ष २०७५/७६ को करपछिको खुद नाफा ४६ करोड २३ लाख रुपैया रहेको र उक्त रकमबाट नागरिक लगानी कोष ऐन २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार ९ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आ.व. २०७५/७६ मा २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश छुट्टयाइएको बताए । 

सो अवसरमा शेयर धनीसँगको छलफलमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कार्यलाई प्रभावकारी बनाउन ब्यवस्थापन पक्ष सक्रिय रहेकोमा जोड दिए । कोरोना (कोभिड–१९) लाई ध्यानमा राख्दै कोषले न्युन शेयरधनीको उपस्थितीमा सभा आयोजना गरेको थियो । सो अवसरमा सेयरधनीरुले कोषले नयाँ भवन बनाएकोमा खुशी ब्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप