साधना लघुवित्तको आईपीओ आजदेखि, ६६ हजारले शेयर पाउने
काठमाडौं । साधना लघुवित्तको आईपीओ आजदेखि खुल्दैछ । साधनाको करिब ६ लाख ६१ हजार कित्ता शेयरका लागि बिहान १० बजेदेखि आवेदन खुला हुन लागेको हो । उक्त शेयर असार २४ गते कार्यालय समयसम्म आवेदन दिन पाइनेछ ।
गोरखामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको इजाजतप्राप्त उक्त कुल शेयर पुँजीको ३२.५० प्रतिशतले हुन आउने ७ लाख ७ हजार ८ सय कित्ता शेयर साधारण निष्कासनको लागि खुला गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषका लगानीकर्ताको आरक्षण छुट्टाएर ६ लाख ६१ हजार ५ सय २० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
शेयर बाँडफाँटको विद्यमान प्रणालीअनुसार उक्त शेयर प्रत्येक आवेदकलाई १०–१० कित्ताका दरमा दिइनेछ । सोही कारण ६६ हजार १ सय ५२ आवेदकले गोला प्रथामार्फत् उक्त शेयर प्राप्त गर्नेछन् ।
लघुवित्त कम्पनीहरुको शेयरमूल्य सामान्यतया उच्च रहेको तथा साधनाको गतवर्षको अवस्था समेत राम्रो भएकोले यो लघुवित्तलाई आकर्षक कम्पनीको रुपमा हेरिएको छ । अघिल्लो वर्ष साधनाले प्रतिशेयर २५ रुपैयाँ ४५ पैसा नाफा कमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा भए कतारका अमिर, तस्बिरमा हेर्नुहोस्
-
लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश
-
दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश