बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, कहाँ–कहाँ थपिए ?

आइतबार, २१ असार २०७७, ०८ : ३९
आइतबार, २१ असार २०७७

कैलाली । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३ हजार ४६९ पुगेको छ । यसमध्ये महिला ७ सय ९० जना र पुरुष २ हजार ६७९ जना रहेका छन् ।

रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४६, र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । थप पुष्टि भएकामध्ये कैलालीका १ पुरुष, कञ्चनपुरका ५ पुरुष र ५ महिला, अछामका २८ पुरुष र १० महिला रहेका छन् । त्यसैगरि डोटीका ४  पुरुष र १ महिला, बैतडीका १ पुरुष, डडेल्धुराका १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ५५४, बैतडीका २८०, बझाङ्गका १३९, बाजुरा ३९०, डडेल्धुराका २५९, दार्चुलाका १७, डोटीका ५१४, कैलालीका ९१६ र कंचनपुरका ४०० रहेका छन् । यसअघि ५ सय ८६ संक्रमित निको भइ घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।

प्रदेशमा हालसम्म २२ हजार १४७ जनाको पीसीआर विधिबाट जाँच गरिएकोमा १८ हजार ६७८ मा नेगेटिभ आएको छ  । २ हजार ५९४ को नतिजा आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १४ हजार ५३३ जनाको परीक्षण गरेको छ ।

क्वारेन्टिनमा  ६ हजार ९९१ पुरुष र १ हजार ९४५ महिला रहेका छन् । प्रदेशका विभिन्न आइसोलेसनमा शंकास्पद १४ र संक्रमित १०२ गरी ११६ जनाको उपचार भइरहेको छ । ६९० जना भने सामान्य उपचार पछि घर गइसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १२, टिकापुरमा ४३, महाकालीमा १३, अछाममा १०, डोटी २, बाजुरा २,  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको उनले बताए । बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप