बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रिमियर लिग राउन्ड अपः युनाइटेड र चेल्सीको गोल वर्षा

आइतबार, २१ असार २०७७, ०७ : ४२
आइतबार, २१ असार २०७७

मार्क ग्रिनवुडको दुई गोलको मद्दतले गोलले पछि परेको म्यान्चेस्टर युनाइटेडले बोर्नेमाउथमाथि ५–२ को जीत हासिल गरेको छ । खेलको १५ औँ मिनेटमा जुनियर स्टानिस्लासको गोलले पछि परेको युनाइटेडका लागि १८ वर्षीय ग्रिनवुडले बराबरी गोल फर्काएका थिए ।

मार्कस रासफोर्डले पेनाल्टीमार्फत युनाइटेलाई अग्रता दिलाए भने पहिलो हाफको इन्जुरी समयमा एन्थोनी मार्सियालले अग्रता फराकिलो बनाए ।

दोस्रो हाफको सुरवातमा बोर्नेमाउथले जोसुवा किंगको पेनाल्टीमार्फत एक गोल फर्कायो । तर, लगत्तै ग्रिनवुड र ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे । युनाइटेड पछिल्ला १६ खेलमा अपराजित रहेको छ । जीतपछि ५५ अंकसहित युनाइटेड लिगको पाचौँ स्थानमा कायम रहेको छ । बोर्नेमाउथ भने लिगको रेलिगेसन क्षेत्रमा रहेको छ ।

शनिबार नै भएको अन्य खेलमा चौथो स्थानमा रहेको चेल्सीले वाटफोर्डमाथि ३–० को सहज जित हासिल गर्यो । चेल्सीको जीतमा ओलिभर जिरु, विलायन र रोस बार्कले एक–एक गोल गरे । आफ्नो घरेलु मैदानमा चेल्सीको यो लगातार चौथोँ जीत हो ।

यता, आर्सनलले पनि वुल्भसलाई २–० ले हराउँदै लिगको सातौँ स्थानमा उक्लिएको छ । आर्सनलको जितमा बुकायो साका र अलेक्सान्डर लाकाजेटले १–१ गोल गरे । पराजयसँगै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने वुल्भसको सपनामा ठूलो धक्का लागेको छ ।

अन्य खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३–० ले हराउँदै तेस्रो स्थानमा कायम रह्यो । लेस्टरको जीतमा जेमी भार्डीले दुई गोल गरे । योसँगै उनले प्रिमियर लिगमा १ सयौँ गोल पुरा गरे । लेस्टरका लागि अर्को गोल केलेची इहेनाचोले गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप