केन्द्रीय संस्करण

पाकिस्तानमा कोरोनाबाट २ लाख २५ हजारभन्दा बढी संक्रमित

person explore access_timeअसार २०, २०७७ chat_bubble_outline0

एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको सङ्ख्या २ लाख २५ हजार २८३ पुगेकोे छ । कोरोना भाइरसको संक्रमणको कारण पाकिस्तानमा शनिबारसम्म ४ हजार ६१९ जनाको मृत्यु भइसकेको छ । 

संक्रमितमध्ये १ लाख २५ हजार ९४ जना भने निको भएका छन् । पाकिस्तानका सिन्ध र पञ्जाव प्रान्त अत्यन्त प्रभावित भएका छन् । सिन्ध प्रान्तमा ९० हजार ७२१ जना संक्रमित भएका छन् । त्यसैगरी पञ्जाब प्रान्तमा ८० हजार ७२१ जनामा कोरोना संक्रमण भएको छ ।

यसैबीच इस्लामाबादमा थप १६३ जनामा कोरोना भाइरस संक्रमण भएको र दुइ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले शुक्रबार कोभिड १९ परीक्षण गरेका छन् र उनको  नतिजा पोजेटिभ आएको घोषणा गरेका छन् । उनले घरबाटै आफ्नो कर्तव्य पूरा गर्ने निर्णय गर्नुभएको बताइएको छ ।

‘आज दिउँसो मैले हल्का ज्वरो महसुस गरेँ र तुरुन्तै घरबाट अलग भएर बसेको छु । मैले अहिले कोभिड १९ परीक्षण गरिसकेँ, अल्लाहको अनुग्रहले म कडा र ऊर्जावान भएको छु–’ उनले भनेका छन् । –एएनआइ

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.