सरकारको निर्णयपछि ४७ जनालाई श्रम स्वीकृति
सरकारले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।
कार्यालयले विभिन्न मुलुकमा रोजगारीका लागि लागि ३० पुरुष र १७ महिलालाई श्रम स्वीकृति प्रदान गरेको हो । ब्रुनाई, ओमन, कतार र दक्षिण कोरियाका लागि एक÷एक, पोल्यान्डका लागि दुई, जापानका लागि पाँच, इजरायलका लागि आठ, संयुक्त अरब इमिरेट्सका लागि ११ र माल्टाका लागि १७ जनालाई स्वीकृति प्रदान गरेको कार्यालयले जनाएको छ ।
यही असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी बिदामा आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो । यस्तै यसअघिको करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञाको म्यादसमेत थप भएका व्यक्तिलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
कोरोना महामारीबाट नेपालका प्रमुख श्रम गन्तव्य मुलुक प्रभावित भएपछि गत फागुन २९ गते बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वैदेशिक रोजगारीका लाग दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले वैदेशिक रोजगारीमा जान दिने बाटो खोलेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई पत्र लेख्दै तोकिएको मापदण्ड पूरा गरी श्रम स्वीकृति प्रदान गर्न निर्देशन दिएको थियो । हवाई टिकट लिएर श्रम स्वीकृति लिन बाँकी रहेकालाई प्राथमिकताका आधारमा स्वीकृति प्रदान गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा