बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली आफू निकटका मन्त्रीहरुसँग थप छलफलमा

शनिबार, २० असार २०७७, २० : ३१
शनिबार, २० असार २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो मन्त्रिमण्डलमा रहेका सबै मन्त्रीहरुसँग छलफलपछि फेरि आफू निकटका मन्त्रीहरुसँग थप छलफल गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आफू निकटका मन्त्रीहरुसँग छलफल गरेका हुन् । सो बैठकमा ओली निकटका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भने नरहेको बताइएको छ । 

यस्तै पूर्वमाओवादी निकटका मन्त्रीहरु सो अघि नै बैठकस्थलबाट बाहिरिएका थिए । 

प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेकपा नेताहरु बताउँछन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप