शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार बैठक सकियो

शनिबार, २० असार २०७७, २० : २५
शनिबार, २० असार २०७७

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीबीच बालुवाटारमा छलफल शनिबार साँझ भएको छलफल सकिएको छ ।   

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकिएको पनि छलफल र निकर्ष केही सुनाइएको छैन । बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफल सकिएको बताएपछि विषय खुलाउन चाहेनन् । 

शनिबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका प्रधानमन्त्री ओलीले त्यसपछि सवा सात बजेबाट मन्त्री र राज्यमन्त्रीसँग गरेका थिए । करीब सबा ८ बजेसम्म छलफल चलेको थियो । 

पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ । 

प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेकपा नेताहरु बताउँछन् । विवाद समाधान उन्मुख नभएपछि सहमतिको प्रयासस्वरुप आज तय स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप