शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटार बैठकबाट गृहमन्त्री बादल र उर्जामन्त्री पुन बाहिरिए

शनिबार, २० असार २०७७, २० : २०
शनिबार, २० असार २०७७

काठमाडौं । प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी भएका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र ऊर्जामन्त्री वर्षमान पुन बैठकबाट बाहिरिएका छन् । 

उनीहरु बैठकस्थलबाट बाहिरिएपनि सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् । अहिले बालुवाटारमा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको छ भने भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मन्त्री तथा राज्यमन्त्रीसँग छलफल गरिरहेका छन् । 
छलफलअघि प्रधामन्त्रीले राष्ट्रपतिलाई भेटेका थिए । नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला यो छलफलबाट निस्कने निष्कर्षलाई महत्वका साथ हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप