शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच बालुवाटारमा छलफल सुरु

शनिबार, २० असार २०७७, १९ : ४८
शनिबार, २० असार २०७७

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीबीच वालुवाटारमा छलफल सुरु भएको छ । साँझ ७:१५ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुसँग छलफल जुटेका हन् ।

शनिबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका प्रधानमन्त्री ओलीले सवा सात बजेबाट मन्त्री र राज्यमन्त्रीसँग गरिरहेका छन् । 

पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि छलफलको विषय भने अहिलेसम्म सार्वजनिक भएको छैन । गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ । 

प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेकपा नेताहरु बताउँछन् । विवाद समाधान उन्मुख नभएपछि सहमतिको प्रयासस्वरुप आज तय स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप