शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छिमेकीलाई कुटेर खोलामा फाल्ने फरार अभियुक्त पक्राउ

शनिबार, २० असार २०७७, १८ : १७
शनिबार, २० असार २०७७

-रामहरि श्रेष्ठ
ओखलढुंगा । ओखलढुंगा प्रहरीले ज्यान मार्ने उद्योगका एकजना फरार अभियुक्तलाई ६ महिनापछि पक्राउ गरेको छ । गत फागुन १० गते छिमेकीलाई मरनासन्न हुनेगरी कुटपिट गरेर फरार रहेका लिखु गाउँपालिका ४ का बिष्णु भनिने ताराबहादुर पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई शनिबार आज उनकै घरबाटे पक्राउ गरिएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।

पक्राउ परेका पाण्डेले गत फागुन १० गते मादक पदार्थ सेवन गरेर छिमेकी रिकाबहादुर थापालाई मरनाशन्न् हुनेगरी कुपपिट गरेका थिए । कुपपिटपछि पीडित रिकाबहादुरका छोरा दलबहादुर थापाले जिल्ला प्रहरी कार्यलयमा ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दर्ता गराएपछि उनी फरार रहेका थिए ।

सामान्य विवादका कारण पाण्डेले रिकाबहादुरलाई कुटपिट गरेर खोलामा फालिदिएको पीडित पक्षको आरोप छ । घाइते रिकाबहादुर लामो समयको उपचारपछि भर्खर मात्रै घर फर्किएका छन् । पक्राउ परेका पाण्डेलाई जिल्लामा ल्याईदै गरेकाले आईपुगेपछि थप अनुसन्धान गरिने प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप