केन्द्रीय संस्करण

सहकारीको पैसा चलायमान क्षेत्रमा खर्च गर्न आग्रह

person explore access_timeअसार २०, २०७७ chat_bubble_outline0

काठमाडौं । देशको अर्थतन्त्र मजबुद बनाउन सहकारीको पैसा चलायमान क्षेत्रमा खर्च गर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी संस्थाहरुलाई आग्रह गरेकी छिन् । 

९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले संकटको समयमा सहकारीको पैसा चलायमान क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् । 
अहिले देश आर्थिक संकटमा रहेको अवस्थामा सहकारीहरुसँग रहेको ७ खर्ब रुपैयाँ परिचालन गर्नुपर्ने बताइन् । 
चलायमन क्षेत्रमा रकम लगानी गर्न सके सोचेअनुसारको नाफा आर्जन गर्न सकिने उल्लेख गर्दै उनले संकटको विषयम परिस्थितिमा रकम परिचालन गरी देशको अर्थतन्त्रलाई मजबुद बनाउन आग्रह गरिन् । 

विदेशबाट फर्किएका लाखौ नागरिक मध्ये धेरै फर्किने अवस्थामा नहरेकाले रोजगारीका क्षेत्रमा ध्यान दिन पनि उनले आग्रह गरिन् । देशको अर्थतन्त्र मजबुद नबन्दासस्म्म समृद्धि र विकासको चाहाना पुरा नहुने उनको भनाई छ । अर्थतन्त्रलाई मजबुद बनाउने माध्यम सहकारी नै भएको उनले बताइन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.