मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

हिन्दुराष्ट्रको माग गर्दै जनकपुरमा प्रदर्शन

शनिबार, २० असार २०७७, १४ : ४७
शनिबार, २० असार २०७७

हिन्दुराष्ट्र स्थापनाको माग गर्दै जनकपुरमा नेपाल राष्ट्रवादी समूहले प्रदर्शन गरेको छ ।

शनिबार जनकपुरको जनक चोकबाट सुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

राष्ट्रिय सभाका पूर्वसदस्य कारीप्रसाद यादवको अगुवाइमा भएको सो प्रदर्शनमा नेताहरुको कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै सहभागीले नेपाललाई हिन्दुराष्ट्र घोषित गर्नुपर्ने माग गरे । 

यादवले देशलाई हिन्दू राष्ट्र घोषणा गर्नु आजको आवश्यकता रहेको भन्दै आफूहरुले अभियान संचालन गरि राज्यमाथि दवाव सृजना गर्ने बताए ।

प्रदर्शनमा सहभागीले नागरिकता विधेयक फिर्ता गर, भ्रष्टाचार अन्त्य गर लगायतका नारा अंकित प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए । 
विरोध कार्यक्रममा वीरेन्द्र कर्ण, प्रकाश राणा लगायत युवा, महिला र साधुसन्तहरुको उल्लेख्य सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप