शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोरखामा कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनमा स्थानीयको अवरोध

शनिबार, २० असार २०७७, १४ : २२
शनिबार, २० असार २०७७

गोरखा- गोरखामा शनिबार बिहान कोरोनाभाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् ।

गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान ५ बजे मृत्यु भएको थियो।

जिल्ला सुरक्षा समितिको बैठकले गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमामा पर्ने लुदी खोला दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरे लगतै स्थानीयहरु भेला भएर विरोध गरेका हुन् । 

गोरखा नगरपालिका भित्रको घटना भएकोले नगरभित्रै व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् । उनीहरुले पालुङटार घर भएका व्यक्तिको शव लुदी दोभानमा गाड्न उपयुक्त नरहेको भन्दै विरोध गरेका हुन् ।

धेरै संख्यामा स्थानीय भेला भएर विरोध गरेपछि प्रहरी निरीक्षकको कमाण्डमा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ।केही बेरमा लुदी दोभानमा शव लगेर व्यवस्थापन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

कतारबाट फर्किएका गोरखा पालुङटार-७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा अस्पतालको आइसोलेसनमा शनिबार बिहान मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप