ललितपुरको खोकनामा प्रहरी र किसानबीच झडप
शनिबार ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ । खेत रोपाइँ गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो ।
झडपका क्रममा प्रहरीले किसानका समूहलाई लक्षित गरी केही सेल अश्रुग्यास समेत हानेको छ । प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हान्दा केही प्रहरी घाइते भएका छन ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले रोपाइँ थालेपछि प्रहरीले बल प्रयोग गरेको बताए ।
किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताउँदै आएका छन् । विकासका नाममा पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासी रुष्ट बनेका छन् ।
किसानले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि खोकना क्षत्रेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । एसएसपी राईले भने, ‘उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि तनाव सिर्जना भएको हो ।’
द्रुतमार्ग अन्तरगत खोकना क्षेत्रमा लामो समयदेखि जग्गा विवाद कायम छ । गत असार १५ को अवसर पारेर रोपाइ गर्न खोज्दा समेत स्थानीय र प्रहरीबीच विवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिईएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश