आइतबारदेखि पुनः शुरु प्रदेश अस्पतालको ओपिडी सेवा
शनिबार, २० असार २०७७, १३ : ४१
सुर्खेत । विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द भएको यहाँस्थित प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) पुनः शुरु हुने भएको छ ।
दश दिनदेखि बन्द ओपिडी सेवा भोलि (आइतबार) देखि सञ्चालन हुने अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड–१९ का सङ्क्रमितहरुको उपचार तथा व्यवस्थापकीय नेतृत्व गर्ने चिकित्सकसहितका नौ स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको थियो ।
उनीहरु प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका छन् । अस्पतालका निर्देशक डा.डम्बर खड्काले यही असार ११ गतेदेखि बन्द ओपिडी सेवा भोलिदेखि सञ्चालन गरिने जानकारी दिए ।