शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना अपडेटः १८ हजार ६५५ भारतीयको मृत्यु, कूल सङ्क्रमित ६ लाख ४८ हजारभन्दा बढी

शनिबार, २० असार २०७७, १२ : ४४
शनिबार, २० असार २०७७

एजेन्सी । भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४८ हजार ३१५ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा भारतमा थप २२ हजार ७७१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ४४२ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ । विज्ञप्तिअनुसार “शनिबार विहान ८ बजेसम्म १८ हजार ६५५ सङ्क्रमितको मृत्यु भएको र छ लाख ४८ हजार ३१५ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म तीन लाख ९४ हजार २२७ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।” 

शुक्रबार विहानसम्म सङ्क्रमितको सङ्ख्या छ लाख २५ हजार ५४४ रहेको थियो भने मृत्यु सङ्ख्या १८ हजार २१३ रहेको थियो । शनिबारसम्मको विवरण अनुसार भारतमा अझै दुई लाख ३५ हजार ४३३ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरूलाई देशभरका सयौँ अस्पतालहरूमा उपचार सेवा प्रदान गरिराखिएको छ । भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ ।

भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि  व्यवसायिक अन्तराष्ट्रिय उडानहरूलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारहरूमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन सङ्क्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगहरूलाई सञ्चालनमा ल्याएको छ । तर विद्यालय र ठूलो जमघट हुने स्थानहरूलाई अझै सञ्चालनमा ल्याइएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप