शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बतास अर्गनाइजेशन र भाटभटेनी सुपर मार्केटबीच ब्राण्डिङ सम्झौता

शनिबार, २० असार २०७७, ०८ : २९
शनिबार, २० असार २०७७

काठमाडौं – बतास अर्गनाइजेशन अन्तर्गतको बतास एडब्राइट प्रा.लि. तथा भाटभटेनी सुपर मार्केटबीच नयाँ आर्थिक वर्षको सुरुवात अर्थात २०७७ श्रावणदेखि व्यावसायिक रुपमा ब्राण्डिङ गर्नेसम्बन्धी सम्झौता भएको छ । 

सम्झौताअनुसार भाटभटेनी सुपर मार्केटका देशभरका सम्पूर्ण स्टोरमा अब बतास एडब्राइटमार्फत ब्रान्डिङ हुनेछ । अन्तर्राष्ट्रिय स्तरका विज्ञापन सामग्री सहितका ब्राण्डिङ गर्न दुवै पक्षले अबका दिनमा देशभरका भाटभटेनी सुपर मार्केटलाई नयाँ र आकर्षक साजसज्जासहित मनमोहक रुप दिने विषयमा पनि सहमति भएको छ ।

सम्झौतापत्रमा बतास अर्गनाइजेसनका तर्फबाट बतास एडब्राइटका अध्यक्ष ओशिन बतास र भाटभटेनी सुपर मार्केटका तर्फबाट प्रबन्ध निर्देशक कल्याण गुरुङले हस्ताक्षर गरेका छन् । 

बतास एडब्राइटबाट यसबाहेक भाटभटेनी सुपर मार्केटका सम्पूर्ण शाखामा समय तालिकाअनुसार नेपालमा प्रथम पटक पप–अप बिक्री केन्द्रको पनि स्थापना गरिने छ । जहाँबाट उपभोक्ताले विभिन्न प्रकारका छुटका साथै विभिन्न कम्पनीहरुको स्टक क्लियरेन्स बिक्रीबाट प्रत्यक्ष फाइदा लिन सक्नेछन् । यसका साथै अन्तर्राष्ट्रिय स्तरका कस्मेटिक ब्राण्डका फ्रि सेम्पलिङ डेमो गर्ने स्टलको पनि प्रबन्ध गरिने छ । 

नेपालमा उत्पादित तथा आयातित वस्तुको मार्केटिङलाई प्रवद्र्धन गर्न दुई कम्पनीबीच भएको यो सम्झौता कोशेढुंगा हुने अपेक्षा गरिएको छ भने नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको प्रचारप्रसार एवं बजारीकरणको प्रयासमा यो सम्झौताले नयाँ आयाम थप्नेछ । 

नेपालमा किनमेलको पर्याय नै बनिसकेको भाटभटेनीमा बतास एडब्राइटसँगको यो सहकार्यबाट आम उपभोक्ताले मुलुकभित्रै किनमेल गन्तव्यको अन्तर्राष्ट्रिय अनुभव हासिल गर्नसक्ने दुवै पक्षले विश्वास लिएका छन् । हाल भाटभटेनीका विभिन्न स्टोरमा दैनिक ७२ हजारले भ्रमण गर्ने र त्यसमध्ये औषत ३५ हजारले किनमेल गर्ने गरेको तथ्यांक छ । 

गुणस्तरीय उत्पादनसँगै बजारीकरणबाटै ब्राण्ड स्थापित हुने विश्वव्यापी मान्यताबाट फाइदा उठाउन नेपाली उत्पादक र बिक्रेताका लागि यो सम्झौताले राम्रो अवसर सिर्जना हुने बतास एडब्राइटका अध्यक्ष ओशिन बतासले बताउनुभएको छ । 

कोरोना संकटबाट लामो समय थलिएको व्यापार व्यवसाय भर्खर बामे सर्दै गरेको अवस्थामा प्रवद्र्धनात्मक गतिविधिलाई पनि सँगै अघि बढाउन सकेमा ब्राण्ड स्थापित गराउन सहयोग पुग्ने उहाँको विश्वास छ । “यसका लागि सबैभन्दा बढी ब्राण्डप्रति सचेत ग्राहकको चाप हुने भाटभटेनीको वृहत सञ्जाल नै उपयुक्त विकल्प हुनेमा दुईमत छैन,” उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप