बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबारको मौसम पूर्वानुमान

शनिबार, २० असार २०७७, ०७ : ११
शनिबार, २० असार २०७७

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमानले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ । 

यसैगरी, महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको समेत जानकारी दिएको छ ।  

यस्तै, महाशाखाले शनिबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको जनाएको छ । 

त्यस्तै, प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

शनिबार राति भने देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको पूर्वानुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप