न्यून मध्यम आय मुलुकमा उक्लियो नेपाल
काठमाडौं – गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ ।
विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्गीकरणमा नेपालले फड्को मारेको हो । विश्व बैङ्कले एक हजार ३६ डलरदेखि चार हजार ४५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय भएका मुलुकमा वर्गीकरण गरेको छ । सन् २०१८ मा नेपालको प्रतिव्यक्ति आय ९६० डलर रहेकोमा सन् २०१९ मा एक हजार ९० डलर पुगेपछि न्यून मध्यम आयको मुलुक भएको हो ।
विश्व बैङ्कले विभिन्न चार वर्गमा मुलुकको वर्गीकरण गर्छ । पछिल्लो पटक एक हजार ३६ डलरभन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून आय, एक हजार ३६ देखि चार हजार ४५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय, चार हजार ४६ देखि १२ हजार ५३५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई उच्च मध्यम आय र सोभन्दा माथि आय भएका मुलुकलाई उच्च आय भएका मुलुकका रूपमा वर्गीकरण गरेको छ । यद्यपि प्रतिव्यक्ति आयको यो सीमा विभिन्न समयमा फेरिँदै आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
-
फास्ट ट्रयाक समयमै सम्पन्न गर्न समितिको सरकारलाई निर्देशन
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न थप निकायलाई परिपत्र
-
गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित