शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा अलपत्र ६ नेपालीको उद्वार

शुक्रबार, १९ असार २०७७, २२ : १५
शुक्रबार, १९ असार २०७७

चन्द्रौटा । भारतको दिल्लीमा अलपत्र परेका ६  नेपाली महिलालाई आज उद्धार गरिएको छ ।  गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पु¥याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पु¥याइएको थियो ।

शान्ति पुनःस्थापना गृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ । मोरङका चार तथा झापा र पर्वतका एकएक महिलालाई उद्धार गरिएको  गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए । महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उनको भनाइ थियो ।

ती महिलालाई प्रलोभनमा पार्नेमा एकएक महिला र पुरुष रहेको भन्ने सूचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताए । उनीहरुलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौँ पठाइएको गृहका कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप