मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सडक बनाउँदा झडप गर्ने ११ जनामाथि मुद्दा दर्ता

शुक्रबार, १९ असार २०७७, २० : १६
शुक्रबार, १९ असार २०७७

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा बाटो निकाल्ने क्रममा झडप गर्ने ११ जना माथि मुद्दा दर्ता भएको छ । 

कटहरिया ८ पोखरिया गाउँमा झडपमा संलग्न ११ जनामाथि ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको हो । स्थानीय बच्चालाल यादव , सुखल यादव , बिगन यादव लगायत ११ जनामाथी केहि अभद्र व्यवहार मुद्दा दर्ता भैइ अदालत बाट म्याद थमाएको डिएसपी ज्ञान कुमार महतोले बताए ।

 २ दिनअघि नयाँ बाटो बनाउने क्रममा भएको दोहोरो झडपमा ७ जना घाइते भएका थिए । घाइते मध्ये टंइट यादवको बिरगञ्जस्थित एलएस न्युरो अस्पतालमा र अन्यको गरुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाटो निकाल्ने क्रममा  नेकपा र जसपा बीचको झडप भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप