शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : रूख

शनिबार, २४ भदौ २०७४, ०९ : ३६
शनिबार, २४ भदौ २०७४

-आविष्कार चापागाईं 

कोही अग्ला
कोही होचा
कोही डल्ला
कोही सल्ला
तर
यसको शालीनता महान छ
पृथ्वीको गर्भाशयलाई छेडेर
आफ्नो अस्तित्व हजारौँ वर्षदेखि
गाडेको छ ।
निला आकाश मा उडने,
नीला खुट्टा बनाउँदै हिँड्ने,
सबको
सहारा छ रुख !
यति सहासी छ
यति गहकिलो छ
यति ममताशील छ
यति दम्भ छ !
हजारौँ बन्चरो आफ्नो छातीमा लाग्दा
नडराई, नहल्लाई आत्मसात गर्छ

हजारौँ घरका धुरी र खाँबामा
अन्तरनिहित भएर
एउटा सिङ्गो परिवारको रक्षा र बास दिन्छ ।

सिङ्गो शरीरलाई
आमाको माटोसँग जोडेर
ती अग्ला हाँगाहरुमा
आफ्नै किसिमको अस्मिता खोज्छ

आफ्नै सुवास दिन्छ
मगमग बास्न आउने
अनि दिन्छ
पहेँलै मीठा मीठा दाना
गरिबको होस् या धनी
सबको पेट धानेको छ !
अनि ऊ पूर्ण भएको महसुस
गर्छ ।
तर
ऊ आत्तिँदैन पूर्ण हुन
ऊसँग धैर्य छ ।
ऊसँग इतिहास छ ।
ऊसँग माटो छ ।
ऊसँग अठोट छ ।
ऊसँग प्रकृतिको नियम छ ।

-भरतपुर–६, चितवन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप