शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'सरकारले चन्द्रागिरी हिल्स सञ्चालन गर्न भनेसँगै हामी तयारी अवस्थामा छौँ '

शुक्रबार, १९ असार २०७७, १८ : ५०
शुक्रबार, १९ असार २०७७

१९ असार, काठमाडौं । कोभिड १९ कोरोना भाइरसका कारण बन्द रहेको चन्द्रागिरि हिल्स सञ्चालन गर्न तयार रहेको सञ्चालकहरुले बताएका छन् । नेपालकै आर्कषक पर्यटकीय क्षेत्र  चन्द्रागिरी सञ्चालनमा ल्याउन आफुहरु तयार रहेको बताएका हुन् । 

चन्द्रागिरी हिल्सका सञ्चालक हेमराज ढकालले पर्यटकीय केन्द्र कोरोना भाईरसका त्राससँगै बन्द अवस्थामा रहेको चन्द्रागिरी केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोल्न तयार रहेको बताए ।

उनले अब खुला गर्दा आन्तरिक पर्यटकलाई विशेष सहुलियतको प्याकेज दिने तयारी भइरहेको समेत जानकारी दिए ।

चन्द्रागिरी हिल्सकाका महाप्रर्वन्धक अभिषेक विक्रम शाहाले सरकारले खुला गर्न अनुमति दिए तत्कालै खुलाउन सकिने गरी,विश्व स्वास्थ्य संगठनको मापढण्डअरुसार खोल्नेलाई सवै कार्य तयारी भईसेको बताए । 

महाप्रर्वधक शाहाले भने, 'हामी पुन रुपमा सुरक्षित र मर्यादित तवरले समाजिक दुरी कायम गर्दे ‘सरकारले खोल भनेसँगै हामी तयारी अवस्थामा छौं ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप