शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बदियामा कुलोमा डुबेर मृत्यु , रुपन्देहीमा वेपत्ता

शुक्रबार, १९ असार २०७७, १८ : ३८
शुक्रबार, १९ असार २०७७

बुटवल । बदियामा कुलोमामा डुबेर एक जनाको मृत्यु भएको छ । भने रुपन्देहीमा एक जना बेपत्ता भएका छन् । बर्दिया ठाकुरबाबा न.पा.९ वेतनी स्थित खेत सिचाई गर्ने कुलामा स्थानीय २१  बर्षका रविन चौधरी कुलोमा खस्दा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यता रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं.४ भैरबघाट स्थित कञ्चन खोलामा पौडी खेल्ने क्रममा कंचन गाउँपालिका वार्ड नं.४ बस्ने  १८ बर्षका अर्जुन थापा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीे जनाएको छ । 

उनी लुम्बिनी ज्ञान  निकतन मा वि कन्चनमा कक्षा ११ अध्ययनरत  हुन् ।उद्धारको लागी इलाका प्रहरी कार्यालय रुद्रपुर घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय रुन्देहीका प्रहरी प्रवक्तार सुचना अधिकारी खडकबहादुर खत्रीले बताए  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप