बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वडाअध्यक्षका छोराले बलात्कार गरेको आरोप लागेपछि...

शुक्रबार, १९ असार २०७७, १७ : १७
शुक्रबार, १९ असार २०७७

जनकपुर । जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष शुभनारायण मण्डलले आफ्नो चरित्रमाथि दाग लगाउनका लागि छोरामाथि बलात्कार प्रयासको आरोप लगाइएको बताएका छन् । एकदिन अगाडी जनकपुरधाम उपमहानगरपालिका–१३ कै एक महिलाले वडाध्यक्ष मण्डलको छोरा रोशन मण्डलले आफुमाथि बलात्कार गर्नुका साथै कुटपीट गरेको आरोप सहितको भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक गरेपछि उनले त्यसको खण्डन गरेका हुन् ।

उनले राजनीतिक स्वार्थपूर्तिका लागि यस प्रकारको घृणित योजना बनाई आफुहरुमाथि नगरप्रमुख लालकिशोर साह लागिपरेको वडाध्यक्ष मण्डलले दाबी गरे । वडाध्यक्ष मण्डलले गैरवैधानिक रुपमा गरिएको नगरसभाको विरोध गरिरहेकै कारण विपक्षीहरुले यो मुद्दालाई उचालेर आफ्नो राजनीतिक छवि बिगार्न खोजेको जिकिर गरे । वडाध्यक्ष मण्डलले भने– ‘मेरो छोरो यही टोलमै विवाद मिलाउन गएको थियो, सोही क्रममा केही युवाहरुले अपशब्द प्रयोग गर्दा मेरो छोरा रोशनले हात छोडेको स्वीकार गर्छु ।’ उनले घटना गत शुक्रबारकै रहेको र सबैकुरा सोही दिन मिलिसकेको समेत बताए । उनले आफू राजनीतिक व्यक्ति भएकोले आफ्नो व्यक्तित्वलाई धुमिल पार्नका लागि विपक्षीहरुले साम्य भइसकेको विवादलाई योजना बनाएर महिलालाई प्रयोग गरेको आरोप लगाए ।

यता, वडाध्यक्षका छोरा रोशन मण्डलले आफ्नो बुवाको राजनीतिक छवि बिगार्नका लागि मलाई फसाउन खोजिएकोे दावी गरे । उनले भने– ‘मध्यरात करिब १२ बजेतिर घर छेउमा केहि यूवाहरुले क्यारेमबोर्ड खेल्दै होहल्ला गरे । किन राति खेलेर हल्ला गरेको भन्दा सो महिलाको श्रीमान रामकुमार राउतले मलाई हातले धकेलेपछि उनको गालामा एक चड्कन लगाएको थिए । सोेही रिसमा उनले यस्तो योजना बनाएछन् ।’  उनले आफू त्यो महिलालाई अहिलेसम्म नदेखेको बताए । 

वडाध्यक्ष मण्डलका छिमेकीसमेत रहेका राउत जनकपुरधाम उपमहानगरपालिकामा करारमा कार्यरत्त छन् । उनले यो कुरा नगरप्रमुख लालकिशोर साहलाई जानकारी दिए । नगरप्रमुख साहले सो झगडाको बारेमा जानकारी पाएलगत्तै वडाध्यक्ष मण्डललाई फासउन खोजेको अर्का एक वडाध्यक्ष परमेश्वर साहले जानकारी दिए ।

यता प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बलात्कार प्रयासको घटना झुठो रहेको बताए । उनले बलात्कार प्रयासको घटनाबारे जानकारी भएलगत्तैै शुक्रबार राति नै घटनास्थल पुगेर छानविन गरेको बताउदैँ उनले पुरानो रिसिइवीका कारणले यसरी अतिरञ्जित गरिएको स्पष्ट पारे । उनले ती महिलाले जिल्ला प्रहरी कार्यालयमा झुठो मुद्दा लिएर आएको हुनाले आफुहरुले दर्ता नगरेको समेत स्पष्ट पारे । ‘तर उनीहरुलाई छलफलको लागि भने बोलाएका छौँ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप