शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्थिङ सेन्टर निर्माणको विषयमा झडप, प्रहरीद्वारा हवाई फायर

शुक्रबार, १९ असार २०७७, १७ : ००
शुक्रबार, १९ असार २०७७

जनकपुर । धनुषाको विदेह नगरपालिकामा बर्थिङ सेन्टर निर्माणको विषयमा दुई पक्षबीच विवादले उग्ररुप लिएपछि प्रहरीले हवाई फायर गर्नुपरेको छ । दुई वडाका स्थानीयवासी वीच झडप भएपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो ।

दुहबी र गोबराहीका स्थानीयवासीबीच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए । बर्थिङ सेन्टर बनाउने विषयमा उनीहरुबीच एक आपसमा दुई दिनदेखि विवाद हुँदै आएको र शुक्रबार बिहान झडप भएको प्रहरी उपरिक्षक बस्नेत बताए ।

दुई पक्षबीचको झडपमा परि आधा दर्जन व्यक्ति घाइते समेत भएका छन् । तीमध्ये पहिचान खुल्न नसकेका १ जनाको कान नै काटिएको प्रहरीले जनाएको छ । झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याई उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । भीडलाई नियन्त्रण गर्न खोज्दा दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयवासीले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप