शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा जीपको ठक्करबाट १ जनाको मृत्यु

शुक्रबार, १९ असार २०७७, १६ : ३१
शुक्रबार, १९ असार २०७७

कैलाली । कैलालीमा भजनी नगरपालिकामा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भजनी– ५ मा म १ च ४९२ नम्बरको जीपले ठक्कर दिँदा भजनी ७ का ५५ वर्षीय राधे लोनियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय भजनीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका लोनियाको उपचारका क्रममा भजनी स्वास्थ्यचौकीमा मृत्यु भएको हो ।  जीप चालक गोदावरी नगरपालिकाका विमल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप