वाग्मतीको अर्थसम्बन्धी विधेयक पारित
शुक्रबार, १९ असार २०७७, १६ : १३
हेटौंडा । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ लाई बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सोसम्बन्धी प्रस्ताव राखेका थिए ।
उक्त विधेयकमाथिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यले सरकारले प्रशासनिक खर्च कटाएर स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि सडक निर्माण र उपेक्षित वर्गलाई आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए । प्रदेशसभा सदस्य केशवराज पाण्डे, सरेश नेपाल, सीता अधिकारी, प्रभात तामाङ, रमेश पौडेल, सुरेन्द्रराज गोसाईँ सिर्जना सैँजु, छिरिङ्दोर्जे लामा र पुकार महर्जनले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, भोलि दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ
-
महाकाली नदीको बहाब एकाएक बढ्यो, १४ वटा ट्र्याक्टरसहित मजदुर थुनिए
-
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा