केन्द्रीय संस्करण

युवकको मृत्युपछि ट्याङ्करमा आगजनी

person explore access_timeअसार १९, २०७७ chat_bubble_outline0

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको आज मृत्यु भएको छ ।

दुर्घटनास्थल नजिक दुई वटा पानी बोक्ने ट्याङ्करले नै मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको जनाउँदै आक्रोसित स्थानीयले दुवै ट्याङ्करमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

उनले दुर्घटनामा परी से६प ६४२६ नं मोटरसाइकलमा सवार ठकुरीको घटनास्थलमै मृत्यु भएको बताए । ‘स्थानीयले पानी ट्याङ्करले ठक्कर दिएर दुर्घटना भएको आरोप लगाएका छन्’ उनले भने– ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।’
स्थानीयले बा१क ९७८४ र से१क १७४ पानी ट्याङ्करमा आगजानी गरेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा तनाव बढेपछि सदरमुकाम भीमदत्तनगरबाट प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदैछ । स्थानीयले मृतकको शव उठाउन मानेका छैनन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.