सुदूरपश्चिममा थप ३९ जनामा कोराना संक्रमण पुष्टि
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा थप ३९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा ९ जना महिला सहित ३० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । पुष्टी भएकामध्ये अछाम मंगलसेनका २३ र ४२ वर्षका २ पुरुष, मेलौली बैतडीका २६ वर्षीया १ महिला, २६ र ४२ वर्षीया २ पुरुष, पुचौडी बैतडीका ८ महिनाकी बालिका, पाथीभरा बझाङ्गका २६ वर्षीया १ पुरुष रहेका छन् ।
शिखर डोटीका १९ वर्षीया १ पुरुष, केआईसिंह डोटीका ४० वर्षीया १ पुरुष, आदर्श डोटीका १९ वर्षीया १ महिला र २२, १५, ५०, १८, ३४, ३६, १८, २९, ३५ वर्षका ९ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले रातापाटीलाई जानकारी दिए । उनले कैलाली गोदावरीका ३०, २५ वर्षका २ महिला र ३०, ३८, २३, ७, ४०, ४७, ३०, २२ वर्षका ८ पुरुष, चुरे कैलालीका २१ वर्षीया १ महिला, ३४ वर्षीया १ पुरुष छन् । त्यसैगरी भीमदत्त कञ्चनपुरका ४७, २२, २२ वर्षीया ३ महिला, १७, २, ३५, ३० वर्षका ४ पुरुष र टिकापुर कैलालीका ५२ वर्षीया १ पुरुष रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा