शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुईवटा केस प्लेन चढेर आएको थियो, मेरो नाम नै कोराना मन्त्री राखिदिए: पर्यटनमन्त्री भट्टराई

शुक्रबार, १९ असार २०७७, १५ : २४
शुक्रबार, १९ असार २०७७

काठमाडौं । लकडाउन देशभर एकै खालको नभर्इ अवस्था हेरेर कडा वा खुकुलो गर्ने मनस्थितिमा सरकार रहेको संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगश भट्टराइले बताएका छन् । अहिले पर्यटन क्षेत्रका सबै व्यवसाय बन्द भएकाले अब विस्तारै खोल्नुपर्छ भन्ने मनस्थितिमा आफु रहेको पनि उनले बताए ।

यद्यपि यस अवधिममा सुरक्षा सावधानी भने अप्नाउनुपर्ने उनको भनाई छ । उनले भने– ‘प्लेन चढेर कोरोनाको दुइवटा केश आउने वित्तिकै हामीले उडान बन्द गर्दा त पर्यटन मन्त्रीले कोरोना ल्यायो भनेर मेरो नाम नै कोरोना मन्त्री राखिदिए । अब उडान खोल्दा यसमा होसियारी अपनाऊ भन्ने लागेका छ ।’
। 
शुक्रबार मन्त्रालयमा ३ महिना अवधिमा मन्त्रालयले गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कोरोना प्लेन रोक्दा समेत बढेको बताए । उनले भने–  ‘कोरोना प्लेन मात्र चढेर आएको थिएन, दक्षिणतिरको नाका खुला हुँदा कोरोनाको ग्राफ उकालो लाग्यो ।’

सरकारले कोभिड–१९ को जोखिम नयुनिकरण गर्दै सुरक्षित हवाइसेवा सञ्चालन सम्बन्धी प्रोटोकल स्वीकृत समेत गरिसकेको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशका प्रमुख विमानस्थलहरुमा निश्चित दुरी कायम गरी सञ्चालन तयारीको लागि मार्किङ सहितका सुरक्षा उपायको व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप