शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवल-बेलहिया सडकखण्डमा लगाइएका बिरूवा अज्ञात समूहद्वारा नष्ट

शुक्रबार, १९ असार २०७७, १५ : १०
शुक्रबार, १९ असार २०७७

बुटवल । अज्ञात समूहले बुटवल बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको किनारमा लगाइएका बिरूवा अज्ञात समूहले काटिदिएका छन् । तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेलहिया सडकखण्ड अन्तर्गत मणिग्रामदेखि नयाँमिल तर्फका ३२ वटा स्टोनियाका बिरूवा गएराति अज्ञात समूहले काटेको नगरपालिकाले जनाएको छ ।

सडकलाई हरियाली बनाउन गत वर्ष लगाइएका ३२ वटा बिरूवा ३ जनाको समूहले मिलेर काटेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।  उनले भने ‘राति ३ जनाको समूहले मिलेर काटेको त्यहाँ रहेको सिसिटिभी फुटेजबाट देखिएको छ ।’

गत वर्ष लगाइएका हुर्कंदै गरेका बिरूवाका हाँगा र फेदैबाट समेत काटिएका छन् । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए । गत वर्ष साउन २ गते सोही सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म मेडिएनमा राखिएका ५ वटा मूर्ति क्षतविक्षत हुने गरी फुटाइएको थियो । ती मूर्ति कसले किन फुटायो भन्ने एक वर्ष पूरा हुन लाग्दा समेत खुलेको छैन । प्रमुख घिमिरेले मूर्ति तोड्ने समूह र विरुवा काट्ने समूह एउटै हो या छुट्टै भन्ने पनि अुनसन्धान भइरहेको बताए ।

विरुवा काटिएको विषयमा लिएर समाजिक सञ्जालहरु धरैले आलोचना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप