शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण भएपछि रोइन् यी टिभी अभिनेत्री

शुक्रबार, १९ असार २०७७, १४ : ३१
शुक्रबार, १९ असार २०७७

संसारभर कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ । यसको चपेटामा सेलिब्रेटीहरु पनि परेका छन् । यसैबीच तेलुगु भाषाकी टिभी अभिनेत्री नव्या स्वामीले  पनि आफूमा कोरोना पोजेटिभ भएको जानकारी दिएकी छिन् । 

नव्या स्वामीले एक भिडियो सार्वजनिक गर्दै आफूले कोरोनाबाट बच्न औषधि सेवन गरिरहेको जानकारी दिएकी छिन् । कोरोना भएको पहिचान हुनेबित्तिकै आफूलाई आइसोलेट गरेको उनले बताएकी छिन् । 

भिडियोमा उनले भनेकी छिन् – ‘ म कोरोना संक्रमित हुँ । जब मलाई यसबारे थाहा भयो मैले तुरुन्त आफ्नो डाक्टरसँग परामर्श गरें र आफैंलाई आइसोलेट गरें । म अहिले उपचाकाका क्रममा छु र आफ्नो प्रतिरोधी क्षमता बढाउनका लागि स्वस्थ खाना खाइरहेको छु ।’

उनले भनेकी छिन्, ‘म आफ्ना सबै आफन्त र साथीभाईसँग अपिल गर्छु कि जो पनि पछिल्लो हप्तामा मसँग भेटिएका थिए, उनीहरु सबैले आफूलाई आइशोलेट गरुन् । आफ्नो टेस्ट गराउनुस् ।’

अभिनेत्रीले भनेकी छिन्, ‘यसमा लजाउनुपर्ने कुरा छैन, डरको पनि कुरा छैन । मलाई थाहा छ कि मानिसहरुले घटिया कुरा गर्नेछन् । नेगेटिभिटीदेखि टाढा रहनुस् । यदी तपाइँ पोजेटिभ नै भइहाल्नु भयो भने पनि स्टङ्ग रहनुस् । म तपाईहरु सबैको आशिर्वादले राम्रोसँग रिकभर गर्दैछु ।’

यसअघि टाइम्स अफ इन्डियासँगको कुराकानीका क्रममा नव्याले कोरोना पोजेटिभ भएको थाहा पाएपछि आफू निकै रोएको बताएकी थिइन् । यी अभिनेत्रीले भनेकी थिइन् – ‘म घर जाँदाको समय निकै रोएको थिएँ । म बिहानसम्म रोएँ । राती निद्रा लागेको थिएन । मेरी आमा पनि रोएकी थिइन् । मलाई पश्चाताप भएको थियो कि मैले आफ्नो सहकर्मी र  क्रुको जिन्दगी खतरामा पारिदिएँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप